Connect IPS
IME Life

अभिकर्ताको कमिशन र इन्सेन्टिभ वेवसाइटबाटै हेर्न पाइने, साउनदेखि अनिवार्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अभिकर्ताहरुले कम्पनीको वेवसाइटबाटै आफुले प्राप्त गरेको कमिशन तथा इन्सेन्टिभ हेर्न पाउने भएका छन् । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई साउन एकगतेदेखि पारदर्शी रुपमा अभिकर्ताहरुले नै हेर्न मिल्ने गरी सफ्टवेयर प्रणालीमा उल्लेख गर्न निर्देशन दिएको छ ।

बीमा नियमावली २०४९ को नियम २३(१) बमोजिम बीमकले बीमा अभिकर्तालाई बीमा शुल्क रकमको बधारमा प्रदान गर्ने कमिशन र सोहि नियमावलीको नियमन २३(२) बमोजिम अतिरिक्त इन्सेन्टिभ बोनस प्रदान गर्दै आइरहेका छन् ।

Prabhu
Crest

यसरी अभिकर्तालाई प्रदान गर्ने गरिएको कमिशन तथा इन्सेन्टिभ बोनस रकमलाई पारदर्शी बनाउने उद्देश्य अनुरुप आगामी आर्थिक वर्ष २०७९/८० साउन एक गतेदेखि बीमा कम्पनीले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीमा नै प्रत्येक बीमा अभिकर्ताहरुको कमिशन तथा इन्सेन्टिभ बोनस स्पष्ट रुपमा देखिने गरी भुक्तानी व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।

बीमा कम्पनीहरुले अभिकर्तालाई दिने अतिरिक्त सेवा सुविधालाई लिएर जहिले पनि विवाद हुने गरेको छ । कतिपय बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई विना धितो लाखौ रुपैयाँ कर्जा दिने, गाडी, मोटरसाइकल, वैदेशिक भ्रमणको सुविधा दिदै आएका छन् । जुन कुरा बीमा कम्पनीहरुले गोप्य राख्ने गरेका थिए । अर्को तर्फ अभिकर्ताहरुले प्राप्त गरेको कमिशनको जानकारी नै पाउदैनन् । यस्तो असहजतालाई मध्यनजर गर्दै बीमा समितिले पारदर्शी रुपमा वेवसाइट मार्फत नै विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS