एनएमबि सरल बचत फण्ड–इ को इकाई कारोबार हुने दिन परिवर्तन

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ को इकाई कारोबार हुने दिन परिवर्तन भएको छ । यसअघि सोमवारदेखि शुक्रवारसम्म कारोबार हुँदै आएको उक्त इकाई अब असार १ गतेदेखि आइतवारदेखि शुक्रवारसम्म कारोबार हुने भएको हो ।

नेपाल सरकारले असार १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेज गरेसँगै यस योजनाको इकाई कारोबार हुने दिन परिवर्तन भएको हो । यस इकाई आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार गर्न सकिने व्यवस्था छ ।

शनिवार तथा अन्य सार्वजनिक बिदाका दिन कार्यालय काउन्टर बन्द रहने एनएमबि क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार