Connect IPS
IME Life

क्रस होल्डिङसँगै मर्जरको दवाव दिदै बीमा समिति, कसको कुन कम्पनीमा कति लगानी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले क्रस होल्डिङ देखिएका बीमा कम्पनीहरुलाई मर्जरको लागि दवाव दिएको छ । समितिले अनौपचारिक रुपमा बीमा कम्पनीका सञ्चालक तथा अध्यक्षहरुलाई क्रस होल्डिङ हटाउन निर्देशन दिदै आएको छ । गत बैशाखमा निर्देशन जारी गर्दै सम्पुर्ण कम्पनीका लगानीकर्ताहरुलाई आगामी दुई वर्ष भित्र क्रस होल्डिङ हटाउन भनेको थियो ।

तर समितिले तोकिएको समयअवधि भन्दा अगाडी अर्थात एक वर्ष भित्रै मर्जरमा जान दवाव दिएको हो । समितिले उचित समय नै नदिइ शेयर विनिवेश गर्न निर्देशन दिदा समस्या सिर्जना भएको एक कम्पनीका सञ्चालकले बताए । यसरी समितिले आफ्नै निर्देशन भन्दा विपरित एक वर्ष भित्रै शेयर विनिवेस गर्न निर्देशन दिदा उनिहरु समस्यामा देखिएका हुन् ।

Prabhu
Crest

अहिले १२ वटा जीवन बीमा कम्पनी र १३ वटा निर्जीवन बीमा कम्पनीमा क्रस होल्डिङ देखिएको छ । समितिले बीमा कम्पनीको संख्या घटाउने उद्देश्यका साथ मर्जरमा जान दवाव दिदै आएको छ ।

कुन कम्पनीमा कसको कति लगानी ?

विशाल ग्रुपको लाइफ इन्स्योरेन्स कर्पेसनमा २५ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्समा १४ प्रतिशत र सूर्या लाइफमा ३० प्रतिशत लगानी रहेको छ । त्यस्तै कुमार बैंकको लुम्बिनी जनरलको ५ प्रतिशत र जनरल इनस्योरेन्स कम्पनीको १.०२ प्रतिशत हिस्सा छ । हाथवे इन्भेष्टमेन्टको अजोडमा १.४३ प्रतिशत र आईएमइ जनरलमा ३.५२ प्रतिशत लगानी रहेको छ ।

रामकाजी गुरुङको अजोडमा १.३६ प्रतिशत र लुम्बिनी जनरलमा १.२१ प्रतिशत लगानी रहेको छ । सेञ्चुरी बैंकले अजोड र जनरलमा लगानी गरेको छ । ग्लोबल आइएमई बैंकको रिलायबल नेपालमा १४.२९ प्रतिशत र आइएमई लाइफमा १० प्रतिशत हिस्सा रहेको छ ।   शशिकान्त अग्रवाल र परिवारको शिखर इन्स्योरेन्समा १६.५९ प्रतिशत र युनाइटेडमा ३.२४ प्रतिशत हिस्सा रहेको छ ।

सनराइझ बैंकको गुराँसमा ४.१६ प्रतिशत लम्बिनी जनरल १.०२ प्रतिशत र सगरमाथामा ४.३३ प्रतिशत लगानी रहेको छ । सानिमा बैंकको भने सानिमा लाइफमा २० प्रतिशत र सानिमा जनरलमा १० प्रतिशत हिस्सा रहेको छ ।

जीवनाथा र खेमराज लामिछानेको परिवारको सानिमा लाइफमा २१.२५ प्रतिशत र सानिमा जनरलकमा १४.६५ प्रतिशत लगानी रहेको छ । लक्ष्मी बैंककको पनि एभरेष्ट इन्स्योरेन्समा १४.६५ प्रतिशत र प्राइम लाइफमा १५ प्रतिशत लगानी रहेको छ । युनाइटेड डिट्रिब्युटरको नेपाल इन्स्योरन्समा ६.९५ प्रतिशत र प्रुडेन्सियलमा २.११ प्रतिशत लगानी गरेको छ ।

प्रभु ग्रुपले प्रभु लाइफमा २१ प्रतिशत र प्रभु इन्योरेन्समा ३.७६ प्रतिशत छ । चन्द्र ढकाल तथा आइएमई ग्रुपले नेपाल इन्स्योरेन्समा १५.६६ प्रतिशत र आइएमई जनरलमा १४.२८ प्रतिशत लगानी छ ।

युनियन र नेपाल लाइफमा सुलभ साहिल अग्रवाल, विशाल ग्रुप र संघाइ परिवारले क्रस होल्डिङ गरेका छन् । गुराँस र प्राइममा दुगड परिवार (सनराइज बैंक), राजन्द्र खेतान, पुजा अग्रवाल र लक्ष्मी बैंकको क्रस होल्डिङ भेट्टिएको हो ।

महालक्ष्मी लाइफ र सानिमा लाइफमा पनि सम्झना/सुशिल अर्याल, जीवानाथ र खेमराज लामिछाने परिवार, सानिमा बैंक सहितको क्रस होल्डिङ् देखिन्छ । आइएमई, ज्योति लाइफ, रिलायवल नेपाल, प्रभु लाइफ, एशियन लाइफ रिलायन्स लाइफमा क्रस होल्डिङ छ । यि कम्पनीमा हेमराज/चन्द्र ढकाल परिवार, प्रभु ग्रुप, एशा अग्रवाल, ग्लोबल आइएमई बैंक, देवी प्रकाश भट्टचन, प्रभु ग्रुप, बासुदेव गोयल र परिवार, अग्नी होल्डिङ, ताराचन्द्र केडिया र परिवार सिद्धार्थ बैंक सहितको क्रस होल्डिङ रहेको छ ।

बीमा कम्पनीमा निश्चित व्यक्ति तथा समुहको क्रस होल्डिङ देखिदै आएको छ । अझ केहि समुहले कम्पनीहरु चालउदै आएका छन् । बीमा समितिले यि नै ठुला लगानीकर्ताहरुलाई बोलाउदै मर्जरमा जान दवाव दिदै आएको छ ।

क्रस होल्डिङलाई दुई वर्ष भित्र डाइभेस्ट गर्न बीमा समितिको निर्देशन, नटेरे मर्जर गर्न बाध्य बनाउने

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS