काठमाडौं । सरकारले सातामा दुई दिन विदा दिदा शुक्रवार पनि कारोबार खुला गरेको नेप्सेले सातामा एक दिन सार्वजनिक विदा हुँदा आजदेखि शुक्रवारको कारोबारलाई निरन्तरता दिएको छ । सातामा एक दिन मात्रै सार्वजनिक विदा हुँदा नेप्सेले शुक्रवार पनि कारोबार बन्द गर्दै आएको थियो ।
नेपालको इतिहासमा यस साताबाट सातामै ६ दिन कारोबार खुला गरेको पहिलो हो । अझ विश्वमै हेर्ने हो भने नेपाल सातामा ६ दिन कारोबार खुला गर्ने पहिलो मुलुक हो । विश्वका प्राय मुलुकहरुले सातामा दुई दिन सार्वजनिक विदा दिने गरेकाले ति देशहरुमा सातामा दुई दिन कारोबार बन्द हुन्छ । साथै सातामा एक दिन सार्वजनिक विदा दिने देशहरुले पनि ५ दिनमा मात्रै कारोबार खुला गर्दै आइरहेका छन् ।
नेप्सेले आजदेखि विहान ११ बजेदेखि १ बजेसम्म कारोबार खुला गर्दैछ । सातामा ५ दिन दैनिक चार घण्टा कारोबार हुन्छ भने आज शुक्रवार भने २ घण्टा मात्रै कारोबार खुला हुनेछ ।