काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने ब्याज छुटमा म्याद थप गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरुमा २०७९ असार १ गतेदेखि २५ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा शत प्रतिशत ब्याज छुट गरिएको हुँदा थप गरिएको म्यादमा आफ्नो बीमालेख सक्रिय गराउन कम्पनीले आग्रह गरेको छ ।
ब्याज छुट गर्ने प्रयोजनका लागि अन्तिम किस्ता भुक्तानी भएको मितिबाट दुई वर्ष व्यतित भएका बीमालेखहरुलाई मात्र समावेश गरिने कम्पनीले जनाएको छ भने बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने समेत कम्पनीले जनाएको छ ।
थप जानकारीका लागि कम्पनीले शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।