काठमाडौं । साताको चौथो दिन आज शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । हिजोसम्म लगातार घटेको बजार आज नेप्से परिसूचक १२ दशमलव ५७ अंकले बढेर १,९७८ दशमलव ९४ को विन्दुमा कायम हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आज १३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ४५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज लाइफ इन्स्योरेन्स उपसूचक र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् ।
आज २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएकोे छ । कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनसीसी बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ०६ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभनदा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् ।