IME Life
Beema Board

एभरेष्ट र हिमालयन जनरलको विशेष साधारण सभा आज हुँदै, मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरको विशेष प्रस्ताव पारित गर्न हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले आज असार २ गते विशेष साधारण सभा गर्दैछन् ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बिहान ११ बजे एयरपोर्ट होटल, काठमाडौंमा गर्ने जनाएको छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनीले विषेश साधारण सभा बिहान ११ बजे अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा हुने जनाएको छ ।

Prabhu
Crest

दुवै कम्पनीले एकापसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सभामार्फत अनुमोदन गर्नेछन् । यी दुई कम्पनी १ः शून्य दशमलव ८५ अनुपातमा गाभिदै छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता हुने शेयरधनीले मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

विशेष साधारण सभाले दुवै कम्पनीको गाभ्ने गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य सम्झौताहरु अनुमोदन गर्नेछ । सभाले मर्जरपछि कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहने लगायतका प्रस्ताव पारित गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS