काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९, ८० को लागि ३५ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज प्रदेशसभा बैठकमा ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको आयव्ययको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
बरालले सार्वजनिक गरेको बजेट अनुरुप आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पूँजीगत खर्च र बाँकी चालुतर्फ खर्च हुनेछ ।
उक्त बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय क्षेत्रका लागि हस्तान्तरण हुने जनाएको छ । कुल बजेटमध्ये ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ ।