काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ८९ अंकले घटेर १,९६६ दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज २० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७३ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज २२९ वटा कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेय। मुल्य ८६५ रुपैयाँ रहेको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंक अफ काडमाण्डूको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतितशका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, बलेफि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन् ।