Connect IPS
IME Life

फ्युचर बोनस प्रोभिजनिङको विवादले एक्चुरियल मूल्याङ्कन रोकियो, साधारणसभामा झन् ढिलाइ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फ्युचर बोनस प्रोभिजनिङले आर्थिक वर्ष २०७७/७८ को बोनसदर थप घट्ने भए पछि बीमा कम्पनीहरुले बीमाङ्कीय ‘एक्चुरियल’ मूल्याङ्कन रोकेका छन् । अधिकांश बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्याङ्कनको लागि सैद्धान्तिक स्वीकृति लिए पनि बीमितको बोनसदर यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को भन्दा पनि कम आउने भए पछि कम्पनीहरु आत्तीएका हुन् ।

पुराना कम्पनीहरुले बीमा समितिलाई फ्युचर बोनस प्रोभिजनिङको मोडालिटी परिवर्तन गरिदिन अनुरोध गरेका छन् । कम्पनीहरुले ५ वर्ष भित्र भन्ने सट्टामा ७/८ वर्षको अवधिमा प्रोभिनजिङ गर्नु पर्ने व्यवस्थाका लागि लविङ गरिरहेका छन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुले समिति समक्ष मौखिक रुपमा मात्रै बोनसदर घट्छ भनिरहेका छन् । तर समितिले तथ्याङ्क सहित कसरी घट्छ भनेर विवरण माग गरेको छ । यदि अहिलेको व्यवस्था अनुसार धेरै नै घट्ने देखियो भने मात्रै समय बढाउने वा प्रतिशत घटाउने भन्ने विषयमा समितिले निर्णय गर्ने एक निर्देशकले जानकारी दिए ।

बीमा समितिले आर्थिक वर्ष २०७६/७७ देखि ५ वर्षको अवधिमा सत प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था गरेको छ । बीमा समितिले जारी गरेको जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ अनुसार आगामी ५ वर्षसम्म २० प्रतिशतका दरले फ्युचर बोनसका लागि व्यवस्था गर्नुपर्ने प्रावधान तोकेको थियो ।

सम्पुर्ण कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ देखिनै प्रोभिजनिङ गरिसकेका छन् । कतिपय कम्पनीहरुले बीमा समितिले निर्देशन जारी गर्नु अगाडीदेखिनै व्यवस्था गर्दै आएका थिए । जसले गर्दा उनिहरुलाई खासै असर गर्दैन । साथै नयाँ बीमा कम्पनीहरुलाई पनि यसले खासै असर गर्दैन । तर ठुला कम्पनीहरु नेपाल लाइफ, एलआइसी नेपाल, एशियन लाइफ, नेशनल लाइफ, सूर्या लाइफ, प्राइम लाइफ जस्ता धेरै कम्पनीहरुले बीमितको बोनसदर घट्ने भएकाले चिन्तित छन् । मेट लाइफले भने बोनसदर नै सार्वजनिक गरिसकेको छ ।

बोनसदर घट्ने वित्तीकै कम्पनीहरुलाई मार्केटिङ गर्न गाह्रो पर्नेछ । अर्को तर्फ अवको ५ वर्षमा बीमा पोलिसी परिपक्व हुने बीमितहरुलाई पनि ठुलो घाटा हुनेछ । त्यसैले गर्दा पुराना बीमित तथा अभिकर्ताहरुले बीमा समितिको यस पोलिसीलाई लिएर चर्को विरोध गरिरहेका छन् ।

तर बीमा समितिले भने बीमितले पाउने बोनसदरमा स्थिरता कायम गर्न यस्तो निर्देशन जारी गरेको हो । यहि हिसावले हरेक वर्ष २० प्रतिशतका दरले अझै ४ वर्षसम्म पनि प्रोभिजनिङ गर्दै जाने हो भने पुराना र नयाँ कम्पनीको बोनसदर उत्तीनै हुनेछ ।

बोनसदर धेरै नै खस्किने भए सँगै कतिपय बीमा कम्पनीहरु पछिल्लो समय खर्च कटौती अभियानमा छन् । खर्च कटौतीका लागि अभिकर्ता कमिशन तथा इन्सेन्टिभ घटाउन बाध्य भएका छन् । यसले गर्दा अभिकर्ताहरु पुराना कम्पनीमा भन्दा पनि नयाँ कम्पनीमा आकर्षित हुन थालेका छन् ।

यसरी बीमा कम्पनीहरुले फ्युचर बोनस प्रोभिजनिङको विषयमा दवाव झिक्दै जाने हो भने साधारणसभा पनि हुन सक्दैन । बीमा कम्पनीहरुलाई बीमा समितिले समयमै साधारणसभा गर्न दिएको निर्देशन पनि यहि विवादले थप ढिलाइ हुने देखिएको छ । जीवन बीमा कम्पनीहरुको एक्चुरियल मूल्याङ्कन पछि मात्रै लेखापरीक्षण गर्न मिल्ने भएकाले साधारणसभामा ढिलाइ हुने गरेको हो । केहि समय अगाडी वैदेशिक रोजगार बीमालेखलाई लिएर एक्चुरियल मूल्याङ्कन गर्न नसकेको बताउने बीमा कम्पनीहरु फेरी फ्युचर बोनस प्रोभिजनिङलाई लिएर अर्को विवाद झिकिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS