काठमाडौं । आज नेप्से परिसूचक ३६ दशमलव ०७ अंकले घटेर १,९९६ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै आधिँखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । एनएमबि ५० का इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ३ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।