काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षका लागि ट्रेजरी बिल निष्कासन गर्न लागेको हो । मंगलवार जेठ ३१ गते जारी हुने यस ट्रेजरी बिल सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिल २०७९ भदौ २८ गते परिपक्व हुनेछ । त्यसैगरी, बैंकले १८२ दिनको लागि रू।४ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यस ट्रेजरी बिल २०७९ मंसिर २७ गते परिपक्व हुनेछ ।
साथै बैंकले एक वर्षको लागि ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यस बिल भने २०८० जेठ ३० गते परिपक्व हुनेछ ।