Connect IPS
IME Life

के थप बीमा कम्पनीले असारभित्रै मर्जरको सहमति जुटाउलान् ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  बीमा कम्पनीहरु गाभिएर प्राप्त गर्ने कर छुटको लागी यही असार मसान्तभित्र आन्तरिक राजश्व विभागमा प्रस्ताव पेश गरिसक्नुपर्ने भएको छ ।

असार महिना समाप्त हुन एक महिना मात्र बाँकी छँदा अधिकांश बीमा कम्पनीहरु अझै पनि गाभ्ने, गाभिनेबारे निर्णय लिन सकेका छैनन् । बीमकका अनुसार अहिले बल बीमा समितिको कोर्टमा रहेको छ । बीमा समितिले बीमकले प्रस्ताव गरे अनुसार पूँजी वृद्धिको योजना अस्वीकृत गरिदिएर बाध्यकारी मर्जर प्रकृयामा लैजान सक्ने संभावनाका कारण अझै पनि बीमकहरु भावी अवस्थाबारे ढुक्क हुन सकेका छैनन् ।

Prabhu
Crest

आयकर ऐन २०५८ को संशोधन २०७८ को पृष्ठ ६८ मा दफा ४७ क मा गरिएको संशोधन बमोजिम निःसर्ग हुन चाहने एकै वर्गका निकायले २०७९ असारभित्र आन्तरिक राजश्व विभागमा आशय पत्र बुझाउनुपर्ने र २०८० असार मसान्तसम्ममा निःसर्ग सम्बन्धित सम्पूर्ण कार्य सम्पन्न गरिसक्नुपर्ने प्रावधान तोकेको छ ।

बीमा समितिले मर्जर पछिको पूँजीगत लाभकर छुट, मर्जरपछि पहिलो दुई वर्ष प्राप्त हुने लाभांशमा कर नलाग्ने र कर्मचारी अवकाशवापत दिइने थप एकमुष्ठ अवकाश रकममा लाग्ने करमा पचास प्रतिशत छुटको लाभ लिनको लागी असार मसान्तभित्र आन्तरिक राजश्व विभागमा निवेदन दिन आग्रह गरेको छ ।

बीमा समितिले बीमाकको पूंजी वृद्धि गरे पछि हाल सम्म निर्जिवनमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जरको अन्तिम चरणमा छन् भने जीवन बीमा कम्पनीमा प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी बीच मर्जरको सम्झौता भएको छ।

(यसअघि मर्जर पछि प्राप्त हुने लाभबारे बीमा समितिले ढाँट्यो भन्ने शीर्षकमा भूलवश गलत जानकारी समावेश भएकोमा क्षमाप्रार्थी छौं-सम्पादक) 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS