काठमाडौं । सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक हजार अंकित दरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न जेठ २७ गते सेबोनबाट अनुमति पाएको हो ।
विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा आगामी १० वर्ष २०८९ सम्मका लागि ऋणपत्र निष्काशन गर्नका लागि सेबोनबाट अनुमति पाएको हो ।
अनुमति पाएसँगै कम्पनीले कुल ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने २४ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ ।