Connect IPS
IME Life

सिटिजन लाइफ बीमालेख नविकरण दर ८७ प्रतिशत पुर्याउन सफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुको लागी टाउको दुःखाईको विषयबने पनि सिटिजन लाइफ इन्स्योरेन्सले बीमालेख व्यतित दरलाई न्यून स्तरमा राख्न सफलतापाएको छ । आर्थिक वर्ष २०७७/७८ मा सिटिजन लाइफ इन्स्योरेन्सले कूल बीमालेखमध्ये ८७ प्रतिशत नविकरण गर्न सफलतापाएको छ । अर्थात जम्मा १३ प्रतिशत बीमालेख मात्र व्यतित रहेको छ । अधिकांश पुराना जीवन बीमा कम्पनीहरुको व्यतित बीमालेख दर ३० देखि ४० प्रतिशतसम्म कायम रहँदा सिटिजन लाइफ इन्स्योरेन्सले नियमित नविकरणको माध्यमबाट बीमालेख व्यतित हुनबाट जोगाएको छ ।

वित्तीय सबलताको आधारमा विभिन्न संस्थाहरुको वर्गिकरण गर्दै आएको रेटिङ एजेन्सीइक्रा नेपालकाअनुसार सिटिजन लाइफको व्यतित बीमालेख दर आर्थिक वर्ष २०७६/७७ मा १८प्रतिशत कायम रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा यो दर २ प्रतिशतले घटेर १५ प्रतिशतमा आइपुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सिटिजन लाइफको व्यतित बीमालेख दर ४९ प्रतिशत रहेको थियो ।

Prabhu
Crest

बीमालेखको बिक्रीगर्दा नै बीमितको आर्थिक क्षमता र आयश्रोतको निरन्तरताको संभावनालाई आंकलन गरेर बीमालेख बिक्रीमा जोड दिएकाले प्रथम बीमा शुल्क तिरिसकेपछि नविकरण बीमा शुल्क तिर्नुपर्ने समय आइपुग्दाबीमितले मैले सकिनभन्दै बीमालेख नै बन्द गर्छु भन्ने अवस्था आउन दिएको छैन । कम्पनीले नविकरण बीमाशुल्क संकलनमा विद्युतीय भुक्तानीमा ध्यमको प्रयोग, बीमा अभिकर्ताहरुको माध्यमबाट बीमितसँग नियमित सम्पर्क, ग्राहक सेवामा सुदृढीकरणको माध्यमबाट बीमालेख व्यतितहुने संख्याक्रमशः कटौती गर्दै लगेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्षमाआर्जन गरेको कूल बीमाशुल्क मध्ये ९२ प्रतिशत रकम सावधिक जीवन बीमालेखको बिक्रीबाट प्राप्त गरेको थियो । चालू आर्थि वर्षको दोश्रौ त्रैमाससम्ममा कूल बीमा शुल्कको ९१ प्रतिशत सावधिक बीमालेखको बिक्रीबाट आर्जन गरेको छ ।

व्यतित बीमा लेख के हो ?
जीवन बीमालेखको नविकरण बीमा शुल्क बीमितले नियमित रुपमा भुक्तानी नगरेको अवस्थामा बीमालेख व्यतित भएको मानिन्छ । अर्थात् बीमालेख भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिनाभित्र नविकरण बीमाशुल्क भुक्तानी नगरेको अवस्थामा बीमालेख व्यतित अवस्थामा पुग्छ । बीमितले बीमालेख अवधिभित्र जरिवानासहित बाँकी सम्पूर्ण बीमा शुल्क भुक्तानी गरेर बीमालेख चालू गर्न सक्छन् ।

बीमालेख व्यतित अवस्थामा पुगेपछि बीमालेख अन्तर्गतको कुनै पनि सेवा सुविधाबाट बीमित वञ्चितहुन पुग्छन् । बीमितको भुक्तानी क्षमता र आयश्रोतको स्थायीत्वलाई नजरअन्दाज गर्दै जसरी पनि बीमालेख बिक्री गर्ने प्रवृत्तिका कारण व्यतित जीवन बीमालेखको संख्या उच्च हुन गएको हो ।

बीमालेख व्यतितहुँदाको असरः
बीमितले नविकरण बीमा शुल्क तोकिएको समयभित्र नबुझाउँदा बीमालेखबाट प्राप्त गर्नुपर्ने सुविधाबाट स्वतःबञ्चित हुन पुग्छन् । तीन वर्षको बीमा शुल्क भुक्तानी गरेको अवस्था छ भने समर्पण मूल्यको आधारमाआफूले भुक्तानी गरेको रकमभन्दा थोरै रकममात्र फिर्ता प्राप्त गर्छन् । बीमालेख व्यतित हुँदा बीमितलाई प्रत्यक्ष नोक्सान हुन्छ ।

व्यतित बीमालेखको प्रत्यक्ष असर जीवन बीमा कम्पनीलाई पनि पर्छ । जीवन बीमा कम्पनीले कुनै पनि बीमालेख बिक्री गर्नको लागी प्रचारप्रसार, अभिकर्ता कमिशन, नियामक निकायको सलामी दस्तुर, बीमांकीको शुल्क (बीमालेख योजनातयार पार्न), व्यवस्थापन खर्च लवगायतको शिर्षकमा शुरुका वर्षहरुमा उच्च दरमा खर्च गर्नुपर्ने बाध्यता हुन्छ ।अवस्था हेरेर यस्तो खर्च प्रथम बीमा शुल्कको ३० देखि ५० प्रतिशतसम्म पुग्छ । खर्च उच्च हुँदा बचत थोरै हुन्छ र लगानीको लागी चाहिने कोष पनि सीमित हुन्छ । सीमित रकम लगानी वापत प्राप्त हुने प्रतिफल पनि थोरै हुने भएकाले बीमितहरुले प्राप्त गर्ने बोनशदर पनि न्यून हुन्छ । शेयरधनीले प्राप्त गर्ने लाभांश  पनिप्रभावित हुन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS