काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ६४ अकले घटेर २,०४८ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक रात्ताम्मे भएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चर लिमिटेड र उपकार लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बलेफि हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।