काठमाडौं । गरिमा विकास बैंक र ‘सोल्टी होटलबीच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा छुट दिँदै आएको अवस्थामा ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै यस होटलसँग सम्झौता गरेको छ ।
सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १०५ छुट पाउनेछन् ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।