Connect IPS
IME Life

हाइड्रोपावर र पर्यटनमा बीमा कम्पनीको लगानी ४१ अर्ब नाघ्यो, थप ६० अर्ब लगानी गर्ने अवसर बाँकी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारको प्राथमिकता प्राप्त क्षेत्रको रुपमा निर्धारण गरेको कृषि, पर्यटन तथा जलश्रोत क्षेत्रमा बीमा कम्पनीहरुले ४१ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।

जीवन तथा निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा यी क्षेत्रमा कूल ४१ अर्ब ३८ करोड ४४ लाख ३९ हजार रुपैयाँ लगानी गरेका हुन् । चालू आर्थिक वर्ष २०७८।७९ को तेश्रो त्रैमाससम्ममा कायम रहेको कूल लगानीको जम्मा ८।०९ प्रतिशत रकम कृषि,पर्यटन तथा जलश्रोतको क्षेत्रमा लगानी गरिएको हो । कृषि, पर्यटन तथा जलश्रोत क्षेत्रमा लगानीको शीर्षक अन्तर्गत यी लगानी गरिए पनि अधिकांश लगानी जलविद्युत परियोजनामा र सीमित लगानी पर्यटन क्षेत्रमा रहेको छ । कृषि क्षेत्रमा भएको लगानी नगन्य छ ।

Prabhu
Crest

बीमा समितिले जारी गरेको जीवन तथा निर्जीवन बीमकको लगानी सम्बन्धी निर्देशिका २०७१ का अनुसार यी क्षेत्रमा कूल लगानीको २० प्रतिशतसम्म लगानी गर्न सकिने प्रावधान छ । चैत्र मसान्तसम्मको तथ्यांक अनुसार कृषि, पर्यटन, जलश्रोत लगायतका प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार निर्माणको लागी १ खर्ब रुपैयाँ लगानी गर्न सक्ने क्षमता छ । तर अझै झण्डै १२ प्रतिशत अर्थात् ६० अर्ब रुपैयाँभन्दा बढी रकम यो क्षेत्रमा लगानी हुन सकेको छैन ।

बीमा समितिका अनुसार चालू आवको तेश्रो त्रैमाससम्ममा जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको लगानी ५ खर्ब ११ अर्ब नाघेको छ । जीवन र निर्जीवन बीमा कम्पनीको कूल लगानीमध्ये ८९.६७ प्रतिशत हिस्सा जीवन बीमा कम्पनीले ओगटेका छन् ।
बीमा कम्पनीहरुसँग बीमा कोषमा रहेको रकम मुद्दती निक्षेप, ऋण पत्र, बचत पत्र, शेयर, भवन, जग्गा, जलविद्युत, पर्यटनलगायतको क्षेत्रमा लगानी गरेका हुन् । नियामक निकाय बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको लागि लगानी निर्देशिका संशोधित २०७१ मार्फत् बीमा कम्पनीहरुको लगानीको क्षेत्र र सीमा तोकिदिएको छ ।

लगानी विविधिकरणको लागी बीमा समितिले फरक फरक क्षेत्र निर्धारण गरेपनि बीमा कम्पनीहरुको कूल लगानीको ६९.८९ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा केन्द्रित छ । अर्थात ५ खर्ब ११ अर्ब ९ करोड ४७ लाख अस्सी हजार रुपैयाँ मध्ये ३ खर्ब ५७ अर्ब २२ करोड ७९ लाख रुपैयाँ मुद्दती निक्षेपमै सुरक्षित गरिएको छ। मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी अन्य क्षेत्रको तुलनामा थोरै र स्थिर भएपनि अत्यन्तै न्यून जोखिम भएकाले बीमा कम्पनीको उच्च प्राथमिकतामा पर्दै आएको छ ।

खासगरी जीवन बीमा कम्पनीहरुले बीमितबाट १० देखि २५ वर्ष अवधिसम्म लगानीको लागी बीमाशुल्क संकलन गरेका हुन्छन् । यस्तो बीमाशुल्कवापत न्यूनत्तम ६ प्रतिशत प्रतिफल(बोनश) जीवन बीमा कम्पनीले दिनुपर्छ । बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरिएको लगानी तुलनात्मकरुपमा सुरक्षित रहने र स्थिर प्रतिफल प्राप्त हुने भएकोले यो क्षेत्र बीमकको उच्च प्राथमिकतामा रहँदै आएको छ ।

छिमेकी मुलुक भारतमा बीमा कम्पनीले सामूहिक लगानी कोष संचालन गर्दै आए पनि नेपालमा अझैसम्म यो अभ्यान शुरु हुन सकेको छैन । केही कम्पनीले निकट भविष्यमै सामूहिक लगानी कोष(म्युचुअल फण्ड) संचालन गर्ने तयारी शुरु गरिसकेका छन् ।

लगानी निर्देशका अनुसार बीमा कम्पनीले नेपाल सरकारको बचतपत्र वा ऋणपत्रमा ५ प्रतिशत, क वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंक लिमिटेडको मुद्दती निक्षेपमा ४० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित ऋणपत्रमा २० प्रतिशत, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २० प्रतिशत, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० प्रतिशत लगानी गर्न सक्ने प्रावधान रहेको छ ।

त्यसैगरी घर जग्गा व्यवसायमा ५ प्रतिशत, कृषि, पर्यटन, जलस्रोत लगायतका पूर्वाधारमा २० प्रतिशत, सामूहिक लगानी कोष तथा नागरिक लगानी कोषमा ५ प्रतिशत, ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २० प्रतिशत, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० प्रतिशत लगानी गर्न सकिने प्रावधान छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS