काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । चार महिना अघि बीमा गरेका भरतपुर महानगरपालिका–५ निवासी मोहन प्रसाद जैसीको मृत्यु भएपछि बीमा बापतको चेक हस्तान्तरण गरेको कम्पन्रीले जनाएको छ । जैसीको जापानमा मृत्यु भएको हो ।
बीमा दाबी वापत १० लाख ८० हजार रुपैयाँको चेकको भरतपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठले मृतकका छोरा विमलप्रसाद जैसीलाई हस्तान्तरण गरेका हुन् । अभिकर्ता राधादेवी भुषाल मार्फत जैसीले बीमा गरेका थिए ।
उक्त कार्यक्रममा इन्स्योरेन्सका एमडीआरटी मुमानाथ चालिसे, वरिष्ठ एजेन्सी रसिक प्रधान र विष्णु भट्टराईलगायतको उपस्थिति रहेको थियो ।