GBIME
IME Life

यस्तो छ नेपालको पूँजी बजारको इतिहास र संस्थागत विकास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पूँजी बजारलाई नियमन गर्न स्थापना भएको नेपाल धितोपत्र बोर्ड २९ वर्ष पुरा गरी ३० औ वर्षमा प्रवेश गरेको छ । नियामक निकाय स्थापना हुनु भन्दा धेरै अगाडी देखि नेपालमा पूँजी बजारको विकास भएको पाइन्छ ।

अहिलेको पूँजी बजारको आधारको रुपमा नेपालमै पहिलो पटक लागु भएको कम्पनी ऐन १९९३ लाइ लिइन्छ । यस लगत्तै १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले धितोपत्र निष्काशन गरे । यस पछि नेपालमा पूँजी बजारको वास्तविक सुरुवात भयो ।

SKYWELL
Crest

२०१८ सालमा पहिलो पटक सरकारी ऋणपत्रको कारोबार सुरुवात भयो । बजारमा कम्पनीहरुले सार्वजनिक निष्काशन गरे पनि खरिद बिक्री गर्ने ठाउको भने स्थापना हुन सकेको थिए । पछि २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भयो ।

पूँजी बजारको महशुस सँगै धितोपत्र कारोबार ऐन २०४० जारी भयो । २०४७ सालमा धितोपत्र सम्बन्धी जिम्मेवारी अर्थमन्त्रालयमा रहने व्यवस्था मिलाइयो । २०५० जेठ २५ गते बल्ल पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्थापना गरियो । यस लगत्तै धितोपत्र बोर्डले नेप्सेलाई सञ्चालन अनुमति दियो ।

२०६३ सालमा धितोपत्र सम्बन्धी ऐन जारी भयो । २०६४ सालदेखि स्वचालित कम्प्युटरकृत कारोबार प्रणाली, WAN मार्फत दोस्रो बजार कारोबार शुरु भयो । २०६५ सालमा ओटिसी मार्केटको सुरुवात भयो । २०६७ मा सिडिएससीको स्थापना गरियो । यसको स्थापना सँगै शेयर बजारको अभौतिक युगको सुरुवात भयो । २०६८ सालमा क्रेडिट रेटिङ नियमावली २०६८ अनुरुप संचालन अनुमति प्रदान गरियो ।

२०७२ सालदेखि पूर्ण रुपमा अभौतिक धितोपत्र कारोबार सुरु भयो । २०७३ सालदेखि आस्वा प्रणालीको सुरुवात भयो । २०७४ सालदेखि वस्तु विनियम बजारको नियमन जिम्मेवारी समेत नेपाल धितोपत्र बोर्डलाई प्रदान गरियो तर बोर्डले यस जिम्मेवारीलाई बहन गर्न सकेन ।

२०७५ सालदेखि नेप्से अनलाइन कारोबार प्रणाली नट्सको स्थापना गरियो । २०७५ सालमा बोर्डले OECD/INFE को पूर्ण सदस्यता प्राप्त गर्यो । २०७५ सालमै विशिष्टिकृत लगानी कोष नियमावली जारी गरियो । २०७७ सालदेखि प्रारम्भिक निष्काशनमा बुक विल्डिङ प्रणालीको सुरुवात गरियो । यसै वर्षदेखि कारोबार राफसाफ तथा फर्छ्यौट प्रणाली टि प्लस टु मा गर्न सुरुवात भयो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%

खुसी

8%

दु :खी

0%

अचम्मित

23%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS