१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमका ग्राहकले जिते एक लाख रुपैयाँ

काठमाडौं । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले एक लाख रुपैयाँ जितेका छन् । यस योजना अन्तर्गत क्यास आइडी २५६४०३३७७५ भएको ग्राहकले नगद जितेका हुन् ।

यो योजनामा १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन् । साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेहुन्छ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसबाट हुँदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार