काठमाडौं । आज नेप्से परिसूचक ६० अंकले बढेर २,०८० दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज १९३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।