IME Life
Beema Board

सरकारको सक्रियताले वियरिस ट्रेण्डको तल्लो विन्दुमा शेयर बजार, बढ्ने सम्भावना कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले घट्यो शेयर बजारलाई सुधारका लागि उच्च स्तरिय समिति गठन गरे सँगै लगातार घटिरहेको शेयर बजार आजदेखि बढ्न सुरु भएको छ । नेपाल धितोपत्र बोर्डको ३० औ वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारको सुधारका लागि आवस्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले सोही कार्यक्रममा धितोपत्र सम्बन्धी अध्ययनका लागि ४ जनाको उच्च स्तरीय धितोपत्र सम्बन्धी सुझाव समिति गठन गरेको जानकारी दिए । आजै अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सँग शेयर बजार सुधारका लागि लामो छलफल गरेका थिए ।

Prabhu
Crest

केहि दिनदेखि लगानीकर्ताका संघ संघठनहरुले घट्दो बजारलाई सुधारका लागि आवस्यक पहल गर्न भन्दै उच्चस्तरका नेता तथा कर्मचारीहरुलाई भेटिरहेका छन् । यस विचमा लगानीकर्ताले प्रधामन्त्री शेर बहादुर देउवादेखि लिएर अर्थमन्त्री, गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष सम्मलाई भेटिसकेका छन् ।

प्रधामन्त्री देउवाले नै गभर्नरलाई शेयर बजार सुधारका लागि रहेका बाधाहरुलाई फुकाउन निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई पटक पटक लगानीकर्ताको समस्या समाधान हुने किसिमका पोलिसी जारी गर्न निर्देशन दिदै आएका छन् । तर अधिकारीले मौद्रिक नीति मार्फत सरकारले दिएको निर्देशन भन्दा पनि आफ्नै ढङ्गले पोलिसी जारी गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंककै कारण शेयर बजारमा ठुलो गिरावट आएको भन्दै चौतर्फी विरोध भए पनि प्रधामन्त्रीदेखि लिएर मन्त्रीहरु नै शेयर बजारको सुधारको पक्षमा देखिएका हुन् । मन्त्री, प्रधानमन्त्रीहरु नै शेयर बजार प्रति सकारात्मक देखिएकाले आज शेयर बजारमा ६० अंकको सुधार देखिएको छ ।

कारोबारको सुरुवाति अवस्थामा घटेता पनि अन्तिम अवस्थामा भने सुधारिएको हो । बुधबार नेप्से सूचक २०२० बाट सुरुभएको थियो । केहि समय बजार घट्ने क्रममा २०१७ सम्म तल झर्यो । प्राविधिक विश्लेषकहरुले नेप्सेले २ हजारको आधार पनि तोडेको हुँदा बजार अझै तल झर्न सक्ने अनुमान गरेका थिए । तर धितोपत्र बोर्डको कार्यक्रम र अर्थमन्त्री, गभर्नर विचको छलफलले शेयर बजारमा एकाएक बाउन्स ब्याक भएको छ ।

नेप्से सूचक सर्वाधिक धेरै ३१९९ अंकबाट तल झर्ने क्रममा आजसम्ममा २०१७ सम्म तल झर्यो । बजार विश्लेषकहरुले अहिलेको वियरिस ट्रेण्ड यतिमै हुने विश्लेषण गरेका छन् । आगामी दिनमा बैंकिङ तरलता विस्तारै बढ्दै जाने अनुमान गरिएको छ ।

बैंकहरुले असार मसान्त भित्र सिडी रेसियो ९० प्रतिशतमा झार्नु पर्ने बाध्यता थियो । आर्थिक वर्ष सकिन एक महिना अगाडी नै बैंकहरुले लगभत नेपाल राष्ट्र बैंकले दिएको सिमा नजिक कायम गरिसकेकाले अवका दिनमा बैंकिङ तरलता ठुलो समस्या नहुने उनिहरुको विश्लेषण छ ।

अव बजारमा आउने निक्षेपबाट बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सक्ने भएकाले साउनदेखि विस्तारै अर्थतन्त्र चलायमान हुने विश्लेषण गरिएको छ । अहिलेको चरम तलता अभाव र आर्थिक संकटको समस्या विस्तारै समाधान भयो भने शेयर बजारले पुनः गति लिने विश्लेषकहरु बताउछन् ।

शेयर बजार २ हजारको हाराहारीमा आउदा लगानीकर्ताको पोर्टफेलियो लगभग १५० प्रतिशतले गुमिसकेको छ । अहिले दोस्रो बजारमा सूचिकृत अधिकाम्स कम्पनीको शेयर मूल्य नेप्से सूचक ११०० हुँदाको जतिनै छ । यो भनेको शेयर बजार यस अगाडीकै वियरिस ट्रेण्डको तल्लो विन्दुमा छ । त्यसैले पनि शेयर बजार सुधार हुने अवस्थामा आइपुगेको विश्लेषकहरु बताउछन् ।

बुधबार नेप्से सूचक ६०.२२ अंकले सुधार भएर २०८० अंक कायम भएको छ । २३१ वटा कम्पनीको शेयर कारोबार हुँदा १९३ वटाको शेयर मूल्यमा सुधार आएको छ भने जम्मा २ वटाको मूल्य घटेको छ । सर्वाधिक धेरै बढ्ने क्रममा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै फाइनान्सको शेयर मूल्यमा सुधार आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS