काठमाडौं । चौधरी समूह अन्तर्गत विनोद चौधरीको परिवारले पनि विद्युतीय सवारी बिक्री कारोबार शुरु गरेको छ । विनोद चौधरीको परिवारले सिजि मोटर्स अन्तर्गत चीनमा उत्पादित साइनरे ब्राण्डको जीप,कार र भ्यानको बिक्री वितरण शुरु गरेको हो ।
चौधरी समूहका निर्देशक निर्वाण चौधरीले नेपाली बजारमा चीनियाँ साइनरे ब्राण्डको विद्युतीय सवारीसाधनको बिक्री वितरण शुरु गरिएको जानकारी सामाजिक संजालमार्फत् दिएका छन् ।
यसअघि विनोद चौधरीका भाई अरुण चौधरी, बसन्त चौधरीको परिवारले सिजि मोटोकर्प अन्तर्गत मारुती सुजुकी ब्राण्डको चारपाङग्रे सवारी बिक्री गर्दै आएका छन् । चौधरी समूह अन्तर्गत नै रहेपनि विनोद चौधरीको परिवार, बसन्त र अरुण चौधरीको परिवारले बेग्ला बेग्लै कारोबार गर्दै आएका छन् ।