काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरेका छन् । केहि दिन अगाडी प्रधामन्त्री शेयर बहादुर देउवालाई भेटेर गुनासो पोखेका लगानीकर्ताले आज गभर्नरलाई भेटेका हुन् ।
प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरेर शेयर बजारका लगानीकर्ताको समस्या समाधान गर्ने निर्देशन दिएका थिए । देउवाको निर्देशन सँगै लगानीकर्ताहरुले आज शेयर बजारको पछिल्लो अवस्था, शेयर बजारमा परेको दवाव, ४/१२ करोडको क्याप, सिडी र सिसिडी रेसियोको वारेमा जानकारी गराएका थिए ।
भेटका क्रममा अधिकारीले लगनीहरुलाई समग्र अर्थतन्त्रको अबस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भिर रुपले अध्ययन भइरहेको र त्यसतर्फ कसरी सहजिकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढॉउने जानकारी गराएका थिए ।