Connect IPS
IME Life

असार मसान्तभित्र सबै सवारी साधनमा जरुरी छैन इम्बोस्ड नम्बर प्लेट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यातायात व्यवस्था विभागले असार मसान्तभित्र इम्बोस्ड नम्बर जडान गर्न जारी गरेको सूचना ०७८ कात्र्तिक २२ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाको निरन्तरता मात्र भएको जनाएको छ । विभागले हाल वाग्मती र गण्डकी प्रदेशमा मात्रै असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार २०७८ कार्तिकमा प्रकाशित सूचना अनुसार अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्न भनिएका सवारी साधनमा मात्रै साउन १ गतेबाट अनुगमन गरिने छ । अन्य सवारी साधनको हकमा भने यातायात कार्यालयले निर्धारण गरिएको समय तालिका अनुसार इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हु्न्छ । जसअन्तर्गत यातायात कार्यालयले लट अनुसारको सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

नेपालमा हाल ४० लाख सवारी साधन दर्ता गरिएको छ । तर यातायात विभागसँग भने २५ लाख इम्बोस्ड नम्बर प्लेट उपलब्ध रहेको छ । जसकारण सुरुवाती समयमा वाग्मती र गण्डकी प्रदेशमा गुड्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि विभागले वाग्मती र गण्डकी प्रदेशमा रहेको यातायात कार्यालयहरुलाई निर्देशन दिइएको विभागले जनाएको छ ।

हाल नेपालमा इम्बोस्ड नम्बर रिड गर्ने गेट भने स्थापना भइसकेको छैन । विभागका अनुसार काठमाडौं उपत्यकाबाट बाहिरिने ५ स्थानमा यस्ता गेट स्थापना गर्नुपर्ने हुन्छ । गेट स्थापनाका लागि आवश्यक सामाग्रीको व्यवस्थापन भइरहेको र छिट्टै स्थापना हुने विभागले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS