काठमाडौं । नेपाल सरकारले असार एक गतेदेखि लागु हुने गरी सातामा दुई दिनको सार्वजनिक विदालाई खारेज गरे सँगै शेयर बजार पनि आइतबारदेखि विहीबारसम्म मात्रै खुल्ने भएको छ । नेपाल सरकारले यहि जेठ एक गतेदेखि लागु हुने गरी ट्रायलको रुपमा सातामा शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
तर साताको दुई दिन विदा खासै प्रभावकारी नदेखिए पछि सरकारले सो निर्णयलाई ट्रायलकै रुपमा अन्त्य गरिदिएको छ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय सँगै नेप्सेले आइतबारको सट्टामा शुक्रावार पनि शेयर कारोबार खुला राखेको थियो ।
सरकारले आइतबारको सार्वजनिक विदा खारेज गरे सँगै अव पुर्ववत अवस्थामै कारोबार हुने नेप्सेका एक अधिकारीले जानकारी दिए । तर नेप्सेले अहिलेसम्म आधिकारिक रुपमा यस विषयमा निर्णय भने गरिसकेको छैन । नेप्सेले केहि दिनमै यस्तो निर्णय गर्ने भएको छ ।