Connect IPS
IME Life

तिलक कोइराला सहित ५ जना पक्राउ, लगानीकर्ता माइतिघरमा विरोध प्रदर्शन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारका लगानीकर्ताले पुर्व निर्धारित समय अनुसार आज अपरान्ह तीन बजे नेपाल स्टक एक्सचेन्जमा प्रदर्शन गर्न पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनमा उत्रिएका लगानीकर्तालाई प्रहरीले पक्राउ गरे पछि केहि लगानीकर्ताहरुले भने माइतिघरमा पक्राउमा परेका लगानीकर्ताको रिहाईको माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रहरीले नेपाल स्टक एक्सचेन्ज निषेधित क्षेत्र रहेको भन्दै लगानीकर्ताहरुलाई आन्दोलन नगर्न निर्देशन दिएको थियो । तर लगानीकर्ताले आन्दोलन सुरु गर्न नपाई प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको हो ।

Prabhu
Crest

पक्राउ पर्नेमा पूँजी बजार सुधार र विकासका लागि गठित समितिका संयोजक तिलक कोइराला लगायत ५ जना छन् । उनिहरुलाई प्रहरीले पक्राउ गरे पनि बाँकी लगानीकर्ताहरु भने माइतीघर पुगेका छन् ।

लगानीकर्ताहरुले अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग राख्दै नारा लगाएका छन् । सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । कोइरालाले आउदो असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS