काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव ५९ अंकले घटेर २,०२० दशमलव २३ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ कोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।