IME Life
Beema Board

सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आइपीओ निष्काशन गर्ने, कति दिने आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा ३ लाख कित्ता आइपीओ स्थानीमा विक्री गर्नेछ । आयस आइपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात बागलुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त आइपीओमा छिटोमा असार १६ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।

यस आइपीओ खरीदका लागि प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौंबाट आवेदन दिन सकिन व्यवस्था छ । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले बागलुङ जिल्लामा २ दशमलव ५ मेगावाट क्षमताको दरम खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७३ साल असार १२ गतदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS