IME Life
Beema Board

नेको इन्स्योरेन्सको १५% बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत बोनश शेयर आफ्ना सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफबाट वितरण गर्ने भनिएको कम्पनीको चैत ९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते बुक क्लोज गरेको थियो । यस आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीको हितग्राही खातामा उक्त बोनश जम्मा गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त मितिपछि शेयर अभौतिकीकरण गराए शेयरधनीको हकमा भने क्रमशः शेयर जम्मा हुने व्यवस्था मिलाएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई पनि कम्पनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराई आफ्नो बोनश शेयर समेत हितग्राही खातामा नै आउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

यस वर्ष बोनशसँगै कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत सोही सभाबाट पारित गरेको थियो । यस आधारमा बोनस शेयरमा लाग्ने कर शेयरधनीहरूले तिर्नु पर्दैन् ।

फागुन ३० गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गराउन समेत कम्पनीले भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS