काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय सरकारले फिर्ता गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यसअघिको यस्तो निर्णय फिर्ता गरेको हो । यसअघि सरकारले विदेशी मुद्रा संचितीमा परेको चाप तथा पेट्रोलियम पदार्थको खपत बढेको भन्दै सातामा शनिवार र आइतवार विदा दिने निर्णय गरेको थियो । उक्त निर्णय आसारदेखि कार्यान्वयन हुने जनाएको छ ।