काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक इकाई प्रबन्धक पदमा केही, अधिकृत सातौं तह श्रेणीका लागि सहायक अधिकृतमा केही र फेरी सहायक अधिकृतका लागि १ जना कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले यी विभिन्न पदका लागि न्युनतम एसईई देखि सीए उर्तिण तथा बीबीए, एमबीए र कानुन विषयमा स्नताक तह पास गरेको शैक्षिक योग्यता हुनुपर्ने सुचनामा उल्लेख गरेको छ ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार १२ गते कार्यालय समयभित्र दरखास्त पेश गर्न संस्थाले आग्रह गरेको छ ।