IME Life
Beema Board

हिमालयन हाइड्रोपावरको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ शुक्रवार बेलुकासम्ममा सिडिएसका अनुसार ४४० जनाले १ करोड ६७ लाख ९१ हजार रुपैयाँ बराबरको १ लाख ६७ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले गत बैशाख २५ गतेदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले यस आइपीओमा छिटोमा जेठ ८ गतेसम्म आवेदन दिने सकिने व्यवस्था गरेको थियो । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेकाले जेठ १६ गतेसम्मको मिति तय गरेकोमा उक्त अवधिमा पनि माग बमोजिम आवेदन नपरेकोेले पुनः जेठ २३ गतेसम्म आवेदन दिने समयअवधि लम्बाएको हो ।

Prabhu
Crest

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिरहेको छ । कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत शेयर स्थानीयका लागि विक्री खुला गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० मूल्यका ९ करोड बराबरको ९ लाख कित्ता साधारण शेयर स्थानीयले खरीद गर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुहरुले आइपीओमा आवेदन दिन सक्नेछन् ।

आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओ खरिदकर्ताले विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की) माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS