Connect IPS
IME Life

वाईवाई चाउचाउ लिएर रुसपछि इजिप्ट प्रवेश गर्यो चौधरी समूह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। यूरोपेली मुलुकहरुमा बजार विस्तारलाई प्राथमिकता दिएको चौधरी समूह(सिजी ग्रुप)ले इजिप्टमा पनि वाईवाई चाउचाउ उत्पादन गर्ने भएको छ ।

चौधरी समूहका अध्यक्ष विनोद चौधरीका अनुसार इजिप्टमा निर्माणाधीन उद्योगको शिलान्याश गरिएको जानकारी फेसबुक पेजमार्फत् शुक्रबार सार्वजनिक गरेका छन् । इजिप्टको बेनी सुएफ भन्ने स्थानमा उद्योग स्थापना भइरहेको छ । सन् २०२१ मै यो उद्योग संचालनमा ल्याउने योजना रहेपनि ढिलो भएको छ । यूरोपको सर्भिया पछि रुसमा प्रवेश गरेको चौधरी समूहले इजिप्टमा समेत उद्योग स्थापना शुरु गरेको हो ।

Prabhu
Crest

चौधरी समूहले सर्भियामा संचालनमा रहेको स्थानीय खाद्य उद्योग खरिद गरेको थियो । त्यसैगरी युरोपेली बहुर्राष्ट्रिय खाद्य उत्पादक समूह गलिना ब्लांकको रुस र सिआइएस(कमवेल्थ अफ इण्डिपेन्डेन्ट नेशन्स)मा रहेको जिबी फुड्सको उद्योग र सम्पूर्ण व्यापार खरिद गरेर गत असोजमा रुसमा प्रवेश गरेको थियो । इजिप्टमा भने नयाँ उद्योग नै स्थापना गर्न लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS