काठमाडौं । वाग्मती र गण्डकी प्रदेशमा दर्ता कायम रहेको सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य राख्नुपर्ने भएको छ । यहि असार मसान्तभित्र सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात व्यवस्था विभागले निर्देशन जारी गरेको हो ।
विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालयहरुमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न आवश्यक पूर्वाधार समेत तयार भइसकेको छ । पूर्वाधार तयार भएपनि इम्बोस्ड नम्बर कजडान कार्य कार्यान्वयनमा नआएको प्रति विभागको ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले वाग्मती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौं र गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय पोखरा, कास्की र ती कार्यालयमा दर्ता भएका सवारीहरुका सवारी धनीलाई इम्बोस्ड नम्बर राख्न आग्रह गरेको छ ।