IME Life
Beema Board

आर्थिक मन्दीको प्रभाव जीवन बीमा व्यवसायमा, एकै महिनामा २४ प्रतिशतले घट्दा कुन कम्पनीको कतिले घट्यो (हेर्नुहोस् सूचि)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चैत महिनाको तुलनामा बैशाख महिनामा जीवन बीमा कम्पनीहरुको जीवन बीमा व्यवसाय २४ प्रतिशतले घटेको छ । बैशाख महिनामा सम्पुर्ण जीवन बीमा कम्पनीको व्यवसायिक बृद्धि ऋणात्मक देखिएको छ । चैत महिनामा १० अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीहरुले बैशाख महिनामा जम्मा ७ अर्ब ८६ करोड रुपैया मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।

बैंकिङ प्रणालीमा देखिएको तरलत अभाव तथा आर्थिक मन्दीको असर शेयर बजारमा पनि देखा पर्न थालेको छ । चैत महिनामा तेस्रो त्रैमाशिक टार्गेट पुरा गर्दा केहि बढी व्यवसाय बढि देखिएको हुन सक्छ । तर बीमा कम्पनीहरुले हरेक महिनामा कर्मचारी, अभिकर्ताहरुलाई टार्गेट दिइरहेका हुन्छन् ।

Prabhu
Crest

गत चैत महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ३ अर्ब १० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए तर बैशाख महिनामा २ अर्ब २५ करोड रुपैयाँ मात्रै छ । त्यस्तै गत चैतमा नविकरण बीमा शुल्क आर्जन ७ अर्ब २४ करोड रुपैयाँ थियो तर बैशाख महिनामा जम्मा ५ अर्ब ६० करोड रुपैयाँ मात्रै छ ।

बैशाख महिनामा सर्वाधिक धेरै प्राइम लाइफको व्यवसाय घटेको छ । एक महिनाको अवधिमा प्राइमको जीवन बीमा शुल्क आर्जन ४५ प्रतिशतले घटेर २५ करोड ४६ लाख रुपैयाँमा सिमित भएको छ ।

बैशाखमा सबैभन्दा धेरै नेपाल लाइफले एक अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चैतमा २ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको थियो । समिक्षा अवधिमा १८ प्रतिशतले घटेको छ ।

गत चैतमा एक अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको एलआइसी नेपालले बैशाख महिनामा एक अर्ब ६ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ ।

हेर्नुहोस् कुन कम्पनीको कति सूचि

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS