काठमाडौं । आज शेयर बजारमा ७ दशमलब २१ अंकले गिरावट आएको छ । गिरावटकै बीचमा मैलुङ खोला जलविद्युत कम्पनीका शेयर होल्डरले अत्याधिक कमाएका छन् । आज मैलुङको शेयरले सर्किटमा पुग्दै प्रति शेयर मूल्य ५२८ रुपैयाँ कायम भएको छ । यसैगरी आज बलेफी हाइड्रोपावरको शेयर ९ दशमलब ९४ प्रतिशतले बृद्धि भई प्रति शेयर १३९ रुपैयाँ कायम भएको छ ।
आज नारायणी विकास बैंकको शेयर ४ दशमलब २९ प्रतिशतले बृद्धि भएको छ । साथै उपकार लघुवित्तको शेयर ४ दशमलब ४ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १४३५ दशमलब ४० रुपैयाँ कायम भएको छ । यसैगरी माउन्टेन इनर्जी नेपालको शेयर ३ दशमलब ८३ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ९५० रुपैयाँ कायम भएको छ ।