काठमाडौं । आज शेयर बजारमा ३५ दशमलब ५३ अंकले गिरावट आएको छ । गिरावटकै बीचमा उपकार लघुवित्त वित्तिय संस्थानको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.२३ प्रतिशतले बृद्धि भई शेयर मूल्य १४७५.८० रुपैयाँ कायम भएको छ ।
यसैगरी सामलिङ पावर कम्पनीको शेयर मूल्य ४.२ प्रतिशतले बढेर ४५७.७० रुपैयाँ मूल्य कायम भएको छ । साथै लाइफ इन्स्योरेन्स कर्पाेरेशन लिमिटेडको शेयर ३.३५ प्रतिशले बढेर शेयर मूल्य १४२६ रुपैयाँ कायम भएको छ । शिवश्री हाइड्रोपावरको शेयर भने २.३२ प्रतिशतले बढेर शेयर मूल्य २६५ रुपैयाँ कायम भएको छ ।