काठमाडौं । आज शेयर बजार ३५ दशमलव ५३ अंकले घटेर २,१३७ दशमलव ९२ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआएसी एसिया बैंकले कमाएको छ । बैंकको ५ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी आज नबिल बैंकले ३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार गर्दै सबैभन्दा धेरै शेयर कारोबार गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा उक्लेको छ ।
आज हिमालयन डिष्टिलरीले ३ करोड ६८ लाख बराबरको शेयर कारोबार गरेको छ । साथै लाइफ इन्स्योरेन्स कर्पाेरेशन लिमिटेडको ३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले ३ करोड २२ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।