काठमडौं । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले प्रदान गरेको बोनस शेयर शेयरधनीको खातामा जम्मा भएको छ । जम्मा भएको शेयर सम्बन्धीत शेयरधनीले धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
कम्पनीले गत चैतमा सम्पन्न भएको साधारण सभाबाट १० प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको थियो । सोही अनुरुप कम्पनीले १० प्रतिशत शेयर नेप्सेमा सूचिकृत गराई शेयरधनीको डिम्याट खातामा पठाएको हो ।