SKIP THIS

MLBL
IME Life
Beema Board

निर्जीवन बीमाशुल्क आम्दानी ३७ प्रतिशतले बढ्दा तीन ठूला बीमककाे बजार हिस्सा घट्याे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दश महिना झण्डै २७ प्रतिशतले व्यवसाय बढाउँदा प्रमुख चारमध्ये तीनवटा कम्पनीको बजार हिस्सामा गिरावट आएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार बैशाख मसान्तसम्ममा २० वटा निर्जीवन बीमकले ३१ अर्ब १० करोड ७१ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्ष २०७७।७८ को बैशाख मसान्तको तुलनामा ६ अर्ब ५७ करोड ७१ लाख रुपैयाँले बढी हो ।

Prabhu
Crest

कूल निर्जीवन बीमाशुल्क आम्दानीमा शिखर इन्स्योरेन्स(१३.२४ प्रतिशत), नेको इन्स्योरेन्स(८.३२ प्रतिशत), सगरमाथा इन्स्योरेन्स( ७.७४ प्रतिशत) र सिद्धार्थ इन्स्योरेन्स(६.६५ प्रतिशत)ले ३५.९५ प्रतिशत हिस्सा ओगटेका छन् ।

 

गत आवको बैशाख मसान्तसम्ममा यी चारवटै कम्पनीले कूल निर्जीवन बीमाशुल्क आम्दानीको ३७.५३ प्रतिशत हिस्सा ओगटेका थिए । चालू आवको बैशाखसम्म यी चारवटा कम्पनीको कूल बजार हिस्सा ३५.९५ प्रतिशतमा सीमित हुन पुग्दा शिखर इन्स्योरेन्सले व्यापारमा सुधार गरेपनि बाँकी तीन निर्जीवन बीमकको व्यापार घटेको छ ।

गत आर्थिक वर्ष बैशाखमसान्तको तुलनामा कूल बजार हिस्सामा शिखर इन्स्योरेन्सले ०.२९ प्रतिशतले आफ्नो हिस्सा बढाएर १२.९६ बाट १३.२४ प्रतिशत पुर्‍याएको छ । तर नेको इन्स्योरेन्सले ०.१७ प्रतिशत, सगरमाथा इन्स्योरेन्सले ०.७१ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको ०.९९ प्रतिशतले कूल बजार हिस्सामा आफ्नो अंश गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS