काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले मर्जर प्रयोजनका लागि असार २ गते विशेष साधारणसभा डाकेको छ । सञ्चालक समितिको जेठ १५ गते अपरान्ह ४ बजे सम्पन्न २८३ औ बैठकले सभा बोलाउने निर्णय गरेको हो ।
कम्पनी गाभ्ने गाभिने प्रयोजनका लागि साधारणसभा बोलाइएको कम्पनीले जनाएको छ । सभा एयरपोर्ट होटल एयरपोर्टमा विहान ११ बजे सञ्चालन हुनेछ । कम्पनीले गत बैशाख २३ गते एभरेष्ट होटल सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको थियो ।
मर्जर प्रकृयाँ सुरु भए देखिनै कम्पनीको शेयर कारोबार रोक्का रहेकाले जेठ २५ गतेसम्म शेयरधनी लगत कितावमा नाम भएका शेयरधनीहरुले साभामा उपस्थिति जनाउने सक्ने छन् ।
21712e21d5189d37d232edb31f13435b