IME Life
Beema Board

बजेट प्रति बीमकहरु खुसी, ‘कार्यान्वयन भए बीमा क्षेत्रकै डिपार्चर हुन्छ’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमकहरुले बजेटमा पहिलो पटक प्रभावकारी रुपमा बीमाका योजना तथा कार्यक्रमहरु संबोधन भएको प्रतिक्रिया दिएका छन् । बीमा इतिहासमा पहिलो पटक बजेटमा सर्वाधिक धेरै कार्यक्रमहरु आएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेमश कुमार भट्टराइले बताए ।

बीमा क्षेत्रले सधै बजेटमा मागहरु राख्ने तर बजेटमा केहि पनि नअटाउने गरेमा यस पटक भने माग गरिएका अधिकाम्म कुराहरु संबोधन भएको उनको भनाइ छ । जीवन बीमा कम्पनीहरुले धेरै लामो समयदेखि जीवन बीमा गर्दा आयकरमा पाउने छुटको सिमा बढाउनु पर्ने भन्दै माग राख्दै आएका थिए । तर यस पटक सरकारले १५ हजार रुपैयाँ थप गरिदिएको छ ।

Prabhu
Crest

यदि बजेटमा आएका कुराहरु पुर्ण रुपमा कार्यान्वयन भयो भने बीमा क्षेत्रकै डिपार्चर हुने भट्टराईको तर्क छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलका अनुसार बजेटले समग्रमा थुप्रै कुराहरुलाई समेट्न सफल भएको छ । विगका वर्षमा भन्दा यस वर्ष धेरै कुराहरु समेटिएको हुँदा यसलाई सुखद मान्नु पर्ने उनको भनाइ छ ।

यदि कार्यान्वयन पक्ष राम्रो भयो भने बीमा क्षेत्रमा धेरै उपलब्धी हासिल हुने उनले बताए । सरकारले महाविपत्ती बण्ड जारी गर्ने भनेको छ । यसले बीमा क्षेत्रका लागि धेरै राम्रो गर्ने उनको भनाई । यस्ता बण्डले ठुला ठुला प्राकृतिक प्रकोप तथा महाविपत्ती हुँदा बीमा कम्पनीहरुले सजिलै विपद टार्न सक्ने उनले बताए ।

सरकारले एक परिवार एक बीमाको नारा अगाडी सारेको छ । तर यसलाई कसरी कार्यान्वयन गरिन्छ थाहा छैन तर सहि हिसावले कार्यान्वयन गर्यो भने बीमाको पहुँच विस्तारमा सबैभन्द उत्तम उपाय हुने पौडेलले बताए । सरकारले बजेटमै लघु बीमाको व्यवस्था गरेकाले अव लघु बीमा कम्पनी आउने पक्का भएको छ ।

बीमा ऐन अनुसार एउटै कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय गर्न पाउदैन । तर सरकारले आर्थिक ऐन मार्फत लघु बीमा कम्पनीले जीवन र निर्जीवन दुई किसिमको व्यवसाय गर्न पाउने व्यवस्था गरिदियो भने सहजै पाउने सक्ने अवस्था रहन्छ । सरकारले यस पटक स्वास्थ्य बीमा बोर्डलाई निजि बीमा कम्पनी अन्तर्गत ल्याउने उल्लेख गरेको छ । सरकारले स्वास्थ्य बीमा मार्फत वार्षिक अर्बौ रुपैयाँ नोक्सान बेहोर्दै आएको छ । यदि यसलाई बीमाको सिद्धान्त अनुसार बीमाको दायरामा ल्याइयो भने पुनर्बीमा हुने र थप प्रभावकारी हुने विज्ञहरुले बताउदै आएका छन् ।

अध्यक्ष सूर्या प्रसाद सिलवालले पनि नेपालको बीमाको इतिहासमा पहिलो पटक बीमा क्षेत्रमा यति धेरै कार्यक्रमहरु समेटिएको ठोकुवा गरे । उनले बजेटमा आएको व्यवस्थालाई कार्यान्वयन गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS