काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु-याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्तीन.पा. वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
राप्तीन.पा. वडा नंं ०८ जोरकुलास्थित सुप्रियाथोक तथा खुद्रा किराना पसल(प्रो. सोम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । राप्तीन.पा. वडा नंं ०८ का वडा अध्यक्ष पुर्ण प्रसाद आचार्यले उक्त शाखा रहितबैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।
hकार्यक्रममा बिरेन्द्रनगर साना सहरी खानेपानीबाट अम्बिका पाण्डे लगायत बैंकका अन्यकर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।