काठमाडौं । जेष्ठ ११ गते बुधबार शेयर कारोवार खासै हुन नसके पनि बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक १४ दशमलव ३७ अंकले (शुन्य दशमलव ६५ प्रतिशत ) वृद्धि हुँदा १ अर्ब ०४ करोड बराबरको मात्र शेयर कारोवार भएको छ । तर पनि शेयर बजारमा आज कारोवार गरेका टप ५ ब्रोकरले भने लगानीकर्तालाई केही हतसम्म उत्साहित बनाएको देखिन्छ।
आज सबै भन्दा धेरै कारोवार ब्रोकर नम्बर ५८ बाट कारोवार भएको छ भने दोश्रोमा ४९ नम्बर ब्रोकरबाट धेरै कारोवार भएको छ । ब्रोकर नम्बर ५८ बाट ६ करोड ४१ लाख बराबरको शेयर खरिद हुँदा ५ करोड ४१ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ५८ बाट बिक्री भन्दा १ करोड धेरै खरिद भएको छ।
दोश्रोमा ब्रोकर नम्बर ४९ बाट ५ करोड ६३ लाख बराबरको शेयर खरिद हुँदा ४ करोड ७५ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ४९ बाट बिक्री भन्दा ८८ लाख धेरै खरिद भएको छ।
आज सर्वाधिक शेयर कारोवार गर्ने शिर्ष ५ ब्रोकर मध्ये सबै ब्रोकरको बिक्रीको तुलनामा खरिद धेरै भएको छ। शिर्ष ५ बोकर मध्ये ब्रोकर नम्बर ३४ बाट बिक्रीको तुलनामा १ करोड ३९ लाख धेरै खरिद भएको छ। सो ब्रोकरबाट ३ करोड २० लाख बराबरको बिक्री हुँदा ४ करोड ५९ लाख बराबरको खरिद भएको छ।
नोट : उपलब्ध फ्लोरसिट तथ्यांकको आधारमा तयार गरिएको यो सामाग्री शेयर खरिद बिक्री निर्णयका लागि होइन, विशुद्ध शैक्षिक प्रयोजनका लागि हो।