IME Life
GBIME

१४ अंकले बढ्यो नेप्से, १ अर्बको कारोबार हुँदा अपर तामाकोशीको सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १४ दशमलव ३७ अंकले बढेर २,२३१ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज १४८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ३९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् ।

आज २२६ वटा कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४६ लाख २६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, अरुण कावेली पावरको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोट ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको २ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । सिङगटी हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव १३ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS