IME Life

३४ अंकले घट्यो नेप्से, १ अर्ब ३६ करोडको कारोबार हुँदा नविल बैंकको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार ३४ दशमलव २१ अंकले घटेर २,२०० दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज दिनभरिमा २२४ वटा कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८९९ रुपैयाँ हरेको छ ।

Prabhu
Crest

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव २० प्रतिशतका दरले कमाएका हुन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS