काठमाडौं । लुम्बिनी विकास बैंक र धुलिखेलमा वल्र्ड वाइड एड्भेन्चर कम्पनीले सञ्चालनमा ल्याएको धुलिखेल जिपलाइनबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई कम्पनीका सेवामा छूट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा लुम्बिनी विकास बैंकका मुख्य प्रबन्धक दीपक खनाल र वल्र्ड वाइड एड्भेन्चर कम्पनीका अध्यक्ष केदारबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
जिपलाइन सेवा लगायतका कम्पनीले सञ्चालन गरेका सेवा लिएबापत बैंकका ग्राहकले डेबिट कार्ड तथा मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छूट पाउने सम्झौतामा उल्लेख छ ।
बैंकले सातओटै प्रदेशमा ८३ शाखामार्फत कारोबार गर्दै आएको छ ।