काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले जेठ ३० गते ७३ औ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को ७३ औ वार्षिक साधारणसभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्गमा बस्ने निर्णय गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस जेठ १६ गतेसम्म कायम शेयरधनीहरुले प्रपात गर्ने छन् ।
कम्पनीले यस अगाडी चुक्ता पूँजी एक अर्ब २४ करोड रुपैयाँको ११ प्रतिशतका दरले १३ करोड ६६ लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो । उक्त लाभांश साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् । प्रस्तावित लाभांश वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ ।
बीमा समितिले पछिल्लो समय निर्देशन गरेको न्युनतम चुक्ता पूँजी पुर्याउन कम्पनीलाई अझै एक अर्ब १३ करोड रुपैयाँ आवस्यक पर्नेछ ।
d24bcae63bedd278c3ea8bd0f936d4b6